
काठमाडौं । नेपाल सरकारले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ। अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘विकास ऋणपत्र २०९१’ नाम दिइएको ९ वर्षे अवधिको ऋणपत्र बिक्री गर्न लागेको हो।
कार्यालयले मङ्गलवार एक सूचना जारी गर्दै उक्त ऋणपत्र खरिदका लागि आगामी माघ १४ गते बुधवार बोलकबोल खुला हुने जनाएको छ। सूचना अनुसार यस ऋणपत्रको निष्कासन मिति २०८२ माघ १५ गते बिहीबार तय गरिएको छ भने साँवा भुक्तानी २०९१ साल माघ १५ गते हुनेछ। ऋणपत्रमा पाइने ब्याजदर बोलकबोलको माध्यमबाटै निर्धारण गरिनेछ। ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने र यसमा नियमानुसार आयकर लाग्ने कार्यालयले स्पष्ट पारेको छ।
यस ऋणपत्र खरिदका लागि बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले आवेदन दिन सक्नेछन्। कुल निष्कासित रकममध्ये ८५ प्रतिशत अर्थात् ८५० करोड रुपैयाँ प्रतिस्पर्धी बोलवालाहरूका लागि र बाँकी १५ प्रतिशत अर्थात् १५० करोड रुपैयाँ अप्रतिस्पर्धी बोलवालाहरूका लागि छुट्टाइएको छ।
यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिने व्यवस्था छ। यसको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) तथा DOMS प्रणाली मार्फत हुनेछ। इच्छुक खरिदकर्ताले माघ १४ गते बुधवार बिहान १० बजेदेखि अपराह्न २ बजेभित्र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अनलाइन प्रणाली (https://doms.gov.np/csd/MainTree.do) मार्फत बोलकबोल पेस गर्नुपर्नेछ।












समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते