
बागलुङ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले नागरिकको स्वास्थ्य उपचारलाई सर्वसुलभ बनाउनका स्वास्थ्य बीमालाई व्यवस्थित गर्नुपर्ने बताएकी छन्। आज धौलागिरि प्रादेशिक अस्पताल बागलुङको निरीक्षणपछि उनले स्वास्थ्य बीमाले आमनागरिकलाई सहज भएको भन्दै यसको व्यवस्थापनका लागि सरकारलाई सबैले साथ दिनुपर्ने बताइन्।
मन्त्री गौतमले सरकारले धेरै प्रकारका औषधि निःशुल्क दिएको तर त्यसको दुरुपयोग र अनावश्यक रूपमा बीमाको प्रयोग गर्दा आर्थिक व्यवस्थापनमा समस्या भएको धारणा राखिन्। उनले स्वास्थ्य बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिइन्।
‘वास्तवमा यो कार्यक्रमबाट आमनागरिक निकै लाभान्वित भएका छन्, त्यसैले यसको व्यवस्थापन गर्दै निन्तरता दिन आवश्यक छ। त्यसका लागि नागरिक जिम्मेवार बन्ने र तीनै तहका सरकारले लगानी गर्नुपर्छ’, मन्त्री गौतमले भनिन्, ‘हाल अघिल्लो वर्षको बीमाको रकम भुक्तानी गर्दा यस वर्षको बजेट शून्य भएको हो। यस वर्षसम्म ११ अर्ब बिमाको दायित्व भएको छ। त्यसैले थप रकम तिर्न समस्या भएको हो।’
उनले सरकार स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउनका निरन्तर लागिरहेको भन्दै सरकारी स्वास्थ्य संस्थामा पर्याप्त औषधि, जनशक्ति र उपकरणको व्यवस्थापनका लागि प्रयास भइरहेको बताइन्।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल