कीर्तिमानी मूल्यबाट घट्यो सुनचाँदीको मूल्य, तोलामा कति पुग्यो ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारि गिरावट आएको छ । अघिल्लो दिन एकै दिन २० हजार ५०० रुपैयाँले बढेको सुनको मूल्य आज त्यति नै घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २० हजार ५०० रुपैयाँ र चाँदी ४४० रुपैयाँले घटेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ४४० रुपैयाँले घटेर ७ हजार ६५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार