
काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा नाफा बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.७४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्री आम्दानी बढेको र खर्च घटेका कारण कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको सञ्चालन खर्च समीक्षा अवधिमा ५.२६ प्रतिशत बढेको छ भने प्रशासनिक तथा अन्य खर्च १२.७५ प्रतिशत घटेको छ ।
नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १० रुपैयाँ १० पैसा बढेर १५ रुपैयाँ २६ पैसा पुगेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ९५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.८९ गुणा रहेको छ । १ अर्ब १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष १६ करोड ५५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।













समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
नक्कली सुन देखाएर एक करोड ३९ लाख ठगी, एक पक्राउ
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता