
काठमाडौं। महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकको आयोजनामा १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिता शनिबारदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पाले उद्घाटन गर्दै प्रतियोगिता प्रतिस्पर्धामा मात्र सीमित नभइ आपसी सद्भाव कायम गर्न र भाइचारा अभिबृद्धि गर्न टेवा पुग्ने धारणा व्यक्त गरे ।
आयोजक मञ्चका अध्यक्ष फुर गेल्जे शेर्पाले प्रतियोगिता आयोजना गर्न प्रत्यक्ष/अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णपति आभार व्यक्त गर्दै धन्यवाद दिए । आयोजक मञ्चका महासचिव पेम्बा छिरी प्रतियोगिताले शेर्पाहरु हिमाल आरोहणमा मात्र नभइ खेल क्षेत्रमा पनि अब्बल छन् भन्ने सन्देश दिन सफल भएको बताए । पहिलो दिन १ खेल मात्र भयो । समूह ‘ए’ को लिगमा आयोजक मञ्च र खुन्डे कम्युनिटी क्लबले १–१ गोलको बराबरी खेले । मञ्चका पासाङ ग्याल्जेन शेर्पा ‘प्लेयर अफ दि म्याच’ घोषित भए । मञ्चबाट पासाङले नै गोल गरेका थिए ।
लिग कम नकआउट प्रतियोगितामा आयोजकको १ सहित ८ टिम सहभागी छन् । नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको मुख्य प्रायोजकमा १४ पिक्स एक्सपेडिसन प्रा.लि., सह–प्रायोजकमा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिका रहेका छन् ।
सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका विभिन्न गाउँमा जन्मिएर हाल काठमाडौंमा बसोवास गरिरहेका शेर्पा युवाहरुले जाडोयामको फुर्सदिलो समयलाई सदुपयोग गर्ने उद्देश्यले सन् २००९ मा ल्होसारका अवसरमा फुटबल प्रतियोगिता सुरु गरेका थिए । प्रतियोगिताको दोश्रो दिन आइतबार ३ खेल हुनेछ । खुम्जुङ युथ क्लब र खुम्बु याङबु शेर्पा समाज, ठमिछेवा फुटबल टिम र नाम्चे युथ क्लब तथा अमादब्लाम युथ क्लब र खुम्बु युनाइटेड क्लबबीच खेल हुनेछ । फाइनल फागुन ३ गते हुनेछ ।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय