
काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नोक्सानी थप बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी साढे १ करोड माथि पुगेको हो ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा १६ लाख ९७ हजार रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ करोड ७० लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । विद्युत बिक्री आम्दानी सामान्य बढेपनि खर्च बढेका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६ करोड ७४ लाख रुपैयाँबाट बढेर ६ करोड ९७ लाख रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी २ करोड २५ लाख रुपैयाँबाट घटेर २१ लाख ९१ हजार रुपैयाँमा सीमित भएसँगै कुल आम्दानी ८ करोड ९९ लाख रुपैयाँबाट घटेर ७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ८ करोड ६० लाख रुपैयाँबाट बढेर ८ करोड ८४ लाख रुपैयाँ पुगेको छ । जसका कारण कम्पनीको खुद नोक्सानी बढ्न पुगेको हो।
१ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ६५ पैसा रहेको छ ।












समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व