
काठमाडौं । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गर्न लागेको हकप्रद सेयरका लागि योग्य सेयरधनी कायम हुने आज माघ २९ गते अन्तिम दिन परेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रक्रिया अघि बढाउन फागुन १ गते बुक क्लोज गर्ने निर्णय गरिसकेकोले आजसम्म नेप्सेमा नाम कायम रहेका सेयरधनीले मात्र यस योजनामा सहभागी हुन पाउने भएका हुन्।
कम्पनीले हालको चुक्ता पुँजी बराबर नै १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने तयारी गरेको हो। यसअनुसार कम्पनीले कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद सेयर बजारमा ल्याउनेछ। हकप्रद निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआईसी एशिया क्यापिटललाई दिइएको छ।
उक्त हकप्रद सेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले माघ २१ गते स्वीकृति प्रदान गरेको हो। कम्पनीले यसअघि नै फागुन १२ गते बोर्डसमक्ष आवेदन दर्ता गराएको थियो। नियामक निकायबाट अनुमति प्राप्त भएसँगै कम्पनीले पूँजी विस्तार प्रक्रिया औपचारिक रूपमा अघि बढाएको हो।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया