काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष अमृत लम्सालले शपथ ग्रहण गरेका छन् । उनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको हो । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत लगायत पदाधिकारीहरू उपस्थित रहेको थियो ।