
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा मदन परियारले सरकारले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन र आम्दानी बढाउने लक्ष्य लिएको बताएका छन् । मन्त्रालयको अर्ध वार्षिक समीक्षा कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि कृषि तथा पशुपक्षी क्षेत्रलाई आत्मनिर्भर बनाउन सरकारले सेवा केन्द्र विस्तार तथा सुदृढीकरणमा जोड दिइरहेको बताएका हुन् ।
मन्त्रालयले चालु आवको अर्धवार्षिक अवधिमा हालसम्म ५५ प्रतिशत चालु तथा १२ प्रतिशत पुँजीगत खर्च गरेको उल्लेख गर्दै मन्त्री परियारले कार्यक्रम अनुसार प्राप्त बजेट कार्यान्वयन गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । कृषि उद्यमशीलताका लागि प्रविधि तथा जलवायु स्मार्ट खेतीको अवधारणा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले मन्त्रालयले प्रभावकारी स्रोत परिचालन तथा लगानी बढाउन बलियो अन्तर एजेन्सी सहकार्य र साझेदारीको महत्त्व रहेको उल्लेख गरे ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’