
काठमाडौं । दक्षिण अफ्रिकाले टी–२० विश्वकपमा भारतलाई ७६ रनले पराजित गरेको छ। १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा १११ रनमै अलआउट भयो।
भारतको सुरुआत अत्यन्त खराब रह्यो। ईशान किशन शून्यमै आउट भए। अभिषेक शर्मा १५ रन, तिलक वर्मा १ रन र कप्तान सूर्यकुमार यादव १८ रनमा समेटिए। वाशिङ्टन सुन्दरले ११ रन बनाए। मध्यक्रममा शिवम दुबेले ३७ बलमा ४२ रन बनाउँदै केही संघर्ष गरे पनि टोलीलाई जिततर्फ लैजान सकेनन्। हार्दिक पाण्ड्याले १८ रन जोडे। रिंकु सिंह, अर्शदीप सिंह र जसप्रित बुमराह शून्यमा आउट भए। यो। दक्षिण अफ्रिकाका मार्को यान्सेनले ४ विकेट लिए। केशव महाराजले ३ विकेट लिए भने कोर्बिन बोशले २ विकेट झारे। लुंगी एनगिडी र एडेन मार्करामले समान १–१ विकेट लिए।
त्यसअघि अहमदाबादमा टस जितेर पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले ६३ रन बनाए। त्यस्तै डेवाल्ड ब्रेविसले ४५ रनको आक्रामक पारी खेले । ट्रिस्टन स्टब्स २४ बलमा ४४ रन बनाउँदै अविजित रहे। भारतका जसप्रित बुमराहले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। अर्शदीप सिंहले २ विकेट लिए भने वरुण चक्रवर्ती र शिवम दुबेले समान १–१ विकेट लिए।













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय