
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले सेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो सेयर बिक्रीमा राखेको हो । बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम सो सेयर खरीद गर्न इच्छुक संस्थापक सेयरधनीहरूका लागि कम्पनीले ३५ दिनको समयावधि दिएको छ ।
सो शेयर किन्न इच्छुक संस्थापक सेयरधनीले दिइएको समयावधिभित्र काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा निवेदन दिनु पर्नेछ । उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह