
काठमाडौं। आयोजक काष्ठमण्डप ‘ए’ ले काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।मण्डिखाटारस्थित आफ्नै हातामा भएको फाइनलमा काष्ठमण्डप ‘ए’ ले एआईटीएमलाई २—० गोलले पराजित गर्यो । दुवै गोल प्रशान्त मेन्याङबो लिम्बूले गरे ।
त्यसअघि सोमबारै भएको सेमिफाइनलमा काष्ठमण्डप ‘ए’ ले आफ्नै ‘बी’ टिमलाई ३—० तथा एआईटीएमले द सेलिब्रेसन को—एडलाई २—१ गोलले हराउदै उपाधि भिडन्त पक्का गरेका थिए । तेश्रो स्थानका लागि भएको खेलमा सेलिब्रेसनले काष्ठमण्डप ‘बी’ लाई ३—१ गोलले पन्छायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार प्राप्त गरे । काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीका अनुसार फाइनलमा २ गोल गरेका प्रशान्त उत्कृष्ट खेलाडी र उपाधि विजेता टोलीकै प्रभात देवकोटा उत्कृष्ट गोलरक्षक घोषित भए । दुवैले जनही २ हजार ५ सय नगद पुरस्कृार पाए ।
विजेतालाई नेपालस्थित मलेसिया दूतावासका प्रतिनिधि मोहम्मद फिरदाउस अज्मान, स्टडी प्लसका संस्थापक निर्देशक उमेश अधिकारी, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल डा. शिवा थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भक्तवीर सिंह तुलाधर फाउन्डेसनको मुख्य प्रायोजन तथा स्टडी प्लसको सहयोगमा भएको दुईदिने प्रतियोगितामा आयोजकको २ सहित ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर