
काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको हो।
निर्वाचन आचारसंहिता विपरित क्रियाकलाप गरेको भन्दै प्रसाईंलाई माघ ४ गते पक्राउ गरिएको थियो। त्यसका विरुद्ध माघ ५ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट परेको थियो। मंगलबार उनको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले थुनामुक्त गर्ने आदेश दिएको हो।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई फागुन २१ मा निर्वाचन हुँदैन भन्दै हिँडेका थिए। यसअघि पनि उनी विभिन्न कसूरमा पटकपटक पक्राउ परेका थिए। केही दिनअघि वीरगञ्ज जान लागेका बेला दक्षिणकालीबाट पक्राउ परेका थिए। दुई दिन हिरासतमा बसेपछि माघ २५ गते हाजिरी जमानीमा छुटेका थिए।













समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै