
टोकियो । जापान सरकारले जनवरीदेखि तेहरानमा हिरासतमा रहेका एक जापानी नागरिकलाई तत्काल रिहा गर्न इरानी अधिकारीहरूसँग आग्रह गरेको छ । जापानको उप प्रमुख क्याबिनेट सचिव मसानाओ ओजाकीले बुधबार विदेशी मिडियासँगको कुराकानीमा ती नागरिकलाई जनवरी २० मा हिरासतमा लिइएको मात्र पुष्टि गरे ।
उनले गोपनीयता र सुरक्षा कारण देखाउँदै थप विवरण दिन अस्वीकार गरे । ओजाकीले भने, “सरकारले आवश्यक सहयोग प्रदान गर्दै बन्दी र उनको परिवारसँग सम्पर्कमा रहेको छ ।”
विदेश मन्त्रालयका अधिकारीहरूका अनुसार जापानी अधिकारीहरूले बन्दीसँग व्यक्तिगत रूपमा भेट्न अनुमति पाएका छैनन् तर स्वास्थ्य राम्रो रहेको विश्वास गरिएको छ ।
मन्त्रालयले पनि बन्दीको पक्राउ कहिले र कुन अभियोगमा गरिएको भन्नेबारे टिप्पणी गर्न अस्वीकार गरेको छ । इरानमा करिब २०० जना जापानी नागरिक बसोबास गर्दै आएको छन् । तिनमा १५० जना राजधानी तेहरानमा छन् । जापान सरकारले यसको सुरक्षा र संरक्षण सुनिश्चित गर्न निरन्तर पहल गर्दै आएको जनाएको छ ।













समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
रुपाकोट रिसोर्टले आईपीओ निष्कासनको तयारी थाल्यो, एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला