
झापा । मेचीनगर–१० धुलाबारीमा नवनिर्मित ‘तपस्याधाम’ आध्यात्मिक पर्यटनको नयाँ गन्तव्य बनेको छ । पूर्वपश्चिम राजमार्गको धुलाबारी मोडबाट डेढ किलोमिटर उत्तर लीलाबस्तीमा रु १३ करोडको लागतमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले धामको निर्माण गरेको हो ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र उनका दाजु राज्यप्रकाश शर्माले स्वर्गीय मातापिता पर्शुराम शर्मा र सावित्रादेवीको स्मृतिमा निःशुल्क प्रदान गरेकाे पाँच कट्ठा जग्गामा धामको आकर्षक संरचना निर्माण भएका छन् । धामकी सञ्चालिका एवं बह्माकुमारी राजयोग सेवा केन्द्र धुलाबारीकी प्रमुख अनुसा दिदीका अनुसार तपस्याधाममा ध्यान कक्ष, तपस्यास्थल, प्रजापिता बह्मा बाबाको स्मारक, आवास कक्ष र सेमिनार हल निर्माण गरिएका छन् ।
राजयोग र ध्यानका माध्यमबाट मानसिक तनाव कम गर्न र आध्यात्मिक ज्ञान प्राप्त गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुर्याउन धामको निर्माण गरिएको उनले बताइन् । भारतको राजस्थानस्थित माउन्ट आबुमा रहेको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको अन्तरराष्ट्रिय मुख्यालयमा रहेका महत्त्वपूर्ण संरचनाहरूको प्रतिकृति यस धाममा पाइने भएकाले भारत र नेपालका आध्यात्मिक पर्यटकलाई यसले आकर्षित गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।
माउन्ट आबुकी राजयोगिनी उषा दिदी र ब्रह्माकुमारी राजयोग सेवा नेपालकी प्रमुख डा राज दिदीलगायतले हालै तपस्याधामको अवलोकन गरेका थिए । जग्गादातासमेत रहेका कांग्रेस उपसभापति शर्माले मातापिताको स्मृतिलाई जीवन्त राख्न र शान्ति प्रवर्द्धनका लागि समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले आफ्नो परिवारले जग्गादान गरेको बताए ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया