
काठमाडौं । आज फाल्गुन १९ गते मंगलबार (फाल्गुन शुक्ल पूर्णिमा तिथि) ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। यो ग्रहण नेपालबाट साँझ करीब १ घण्टासम्म देखिनेछ।
यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ। १९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटदेखि नै बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक अन्यलाई भोजन गर्न शास्त्रीय रूपमा निषेध गरिएको छ।
यो ग्रहणले मेष राशि भएकालाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीपाप्ती, कर्कटलाई क्षति, सिंहलाई घात, कन्यालाई व्यय, तुलालाई लाभ, वृश्चिकलाई सुख, धनुलाई माननाश, मकरलाई कष्ट, कुम्भलाई स्त्रीपीडा र मीनलाई सुख मिल्नेछ। यो चन्द्रग्रहण मिथुन, तुला, वृश्चिक र मीन राशि भएकाले हेर्न सक्नेछन्। पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागि यो ग्रहण कष्टदायी हुनेछ।
ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ । ग्रहण लागेका बेला सुत्न, दिसा, पिसाब, मैथुन गर्न नहुने धर्मसिन्धु, निर्णयसिन्धुलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यसै गरी, तेल लगाउन, खानपिन गर्न, कसैलाई बन्धनमा राख्न र मार्न पनि नहुने शास्त्रीय मान्यता रहेको छ। यद्यपि यसको वैज्ञानिक प्रमाण भने छैन।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन