
धुलिखेल । काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता निरन्तर कायम छ । आज बिहानदेखि निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिकाबाट गणना सुरु गरिएको हो । हालसम्ममा निर्वाचन क्षेत्र नं २ अन्तर्गतका धुलिखेल र पनौती नगरपालिकाका वडाहरू गणना सम्पन्न गरेको हो ।
पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र १२ सम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारीले नौ हजार ८५५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का अशोककुमार ब्याञ्जु श्रेष्ठले चार हजार १४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले दुई हजार ८०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका वसुन्धरा हुमागाईँले एक हजार २६८ मत प्राप्त गरेका छन् भने उज्यालो नेपाल पार्टीका ज्योत्सना संजुले ६७३ मत प्राप्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले ३६४, प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्रीले २१, श्रम संस्कृति पार्टीका टङ्कबहादुुर लामाले ८८ मत र स्वतन्त्रका आसा तामाङले ५० प्राप्त गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का कार्यालयका अनुसार २० हजार ४४१ मत गणना भएकामा एक हजार ८८ मत बदर भएको जनाएको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित