यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन २७ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। जस अनुसार सानो लोकल गोलभेंडा ४५ रुपैयाँ, रातो आलु २२ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ, स्थानीय काउली ३५ रुपैयाँ र सेतो लोकल मुला १५ रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

त्यसैगरी लाम्चो भन्टा ५५ र डल्ले भन्टा ६० रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, घिरौला ७० रुपैयाँ, पाकेको फर्सी ६५ रुपैयाँ र हरियो फर्सी १५ रुपैयाँ र कन्य च्याउ १२० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्यमा किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार