सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १४ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख १७ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर तोलाको ५ हजार ४९५ रुपैयाँले कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ५१५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार