राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याल सिफारिस

काठमाडौं । मन्त्रिपरिषदले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई मनोनित गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले अर्यायलाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो।

राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पद मध्ये एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने गरेका छन् । यसअघी वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए। उनको कार्यकाल फागुन २० गते सकिदैँ थियो। कार्यकाल सकिनु केही अघि उनले राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार