
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुरानो लाभांश लिनका लागि आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको हो ।
बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित सेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले उक्त आवको लाभांश लिन बाँकी कोही सेयरधनी भए यथाशीघ्र लाभांश बुझिलिन आह्वान गरेको हो ।
लाभांश लिन बाँकी सेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारको बाटुलेघरस्थित बैंकको सेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेडमा आवश्यक कागजात तथा विवरणहरू सहित सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । तोकिएको अवधि नाघेपछि लिन बाँकी लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले सूचनामा उल्लेख गरेको छ ।












समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि