
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले ऐनिहासिक जित निकालेको छ । मुम्बईले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले पराजित गरेको हो ।
मुम्बुइले यो जितसँगै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ । यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन । वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा ग¥यो ।
मुम्बईका लागि रोहित शर्मा र रेयान रिकेल्टनले उत्कृष्ट सुरुआत दिलाए । दुवैले पहिलो विकेटका लागि ११.५ ओभरमा १४८ रनको साझेदारी गरे । रोहित शर्माले ७८ रन बनाए । यो उनको आईपीएलको ५०औं अर्धशतक पनि हो । रेयान रिकेल्टनले ८१ रनको आक्रामक पारी खेले । त्यसपछि सूर्यकुमार यादवले १६ रन, तिलक वर्माले २० रन र हार्दिक पाण्ड्याले १८ रन जोड्दै टोलीलाई जितसम्म पु¥याए । केकेआरका लागि सुनील नारायण, वैभव अरोरा र कार्तिक त्यागीले समान १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको केकेआरका लागि कप्तान अजिंक्य रहाणेले ६७ रनको उत्कृष्ट पारी खेले । त्यस्तै अंगकृष रघुवंशीले ५१ रन बनाए । फिन एलनले ३७ रन बनाए भने अन्त्यतिर रिंकू सिंहले ३३ रन जोडे । मुम्बईका लागि शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्ड्याले १ विकेट लिए ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम