
काठमाडौं । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सभा सदस्य रहेकी रेखाकुमारी शर्मा पक्राउ परेकी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति धुम्बाराहीस्थित निवासबाट पक्राउ गरेको हो ।
एमाले महासचिव शंकर पोखरेल निकटस्थ रहेकी शर्मामाथि दाङकी एक नाबालिकालाई घरेलु कामदार बनाउँदै हिंसा गरेको आरोप थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।
उद्धारपछि शर्मामाथि नाबालिकालाई कुटपिट गरेको, बाहिर निस्किन नदिएको, बसोबासको उचित व्यवस्था नगरेको तथा मानसिक पीडा दिएको आरोप लगाइएको थियो । त्यसबेला काठमाडौँ महानगरपालिकाका मेयर रहेका हालका प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमा यस विषयमा प्रश्न उठाएका थिए ।
घटनापछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता भएको थियो । महानगरपालिकाले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ उपदफा (२०) (ङ) अनुसार कसुर भएको दाबी गर्दै जाहेरी दिएको थियो । यो दफामा ‘शारीरिक चोटपटक पु¥याउने, आतंकित पार्ने, धम्क्याउने, तिरस्कार गर्ने, उपेक्षा गर्ने, भेदभाव गर्ने, बहिष्कार गर्ने, एक्ल्याउने वा मानसिक पीडा दिने कार्य बालबालिकाविरुद्ध हिंसा मानिने’ उल्लेख छ । कसुर पुष्टि भएमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजायको व्यवस्था छ ।
तत्कालीन अवस्थामा जाहेरी दर्ता भएको दुई महिना बित्दा पनि पक्राउ नगरिएको भन्दै त्यसबेला बालेन शाहले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।












समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज