
काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले खेलकुदलाई ग्रासरुट तहदेखि नै जोडेर खेलाडी उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनको स्वागतमा मंगलबार त्रिपुरेश्वरस्थित राखेप हातामै आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले सो कुरा बताएका हुन् । खेलकुद मन्त्री राखेपको बोर्ड अध्यक्ष रहने प्रावधान छ ।
उनले खेल क्षेत्रमा चुनौती र अवसर दुवै भएकाले बोलेर भन्दा पनि काम गरेर देखाउनु पर्ने बताउदै सम्बन्धित सबैको दक्षताको कदर गर्दै खेलकुदको दीर्घकालीन विकासमा उपयोग गर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् डा. अच्युतम लामिछानेले सबै मिलेर समग्र राष्ट्रको खेलकुदलाई माथि उठाउनु पर्नेमा जोड दिदै नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औल्याए ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले राखेपको बोर्ड र कार्यसमितिको संरचना, कार्यक्षेत्र, बजेट, भौतिक पूर्वाधारको अवस्था, राष्ट्रिय खेल संघ, कर्मचारी दरबन्दी, खेलाडीको रोकिएको पुरस्कार, मिसन– २०२६ अन्तर्गत हाल रोएिको विशेष तयारी प्रशिक्षण, आन्तरिक श्रोत, ऐन संशोधनलगायतका विषयमा संक्षिप्त जानकारी गराएका थिए । त्यसअघि मन्त्री पोखरेललाई सदस्य–सचिव मेहता, राखेप कार्यकारी समिति र बोर्ड सदस्य, विभागीय प्रमुख, शाखा प्रमुख, कर्मचारीलगायतले स्वागत गरेका थिए ।
स्वागतपछि मन्त्री पोखरेलले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको निर्माणाधीन जेनजी पार्क, खेलकुद विज्ञान अनुसन्धान केन्द्र, हाइ पर्फमेन्स सेन्टर र पौडी पोखरीको निरीक्षण गरेका थिए ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै