
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता गरेको छ । मन्त्रालयले डडेलधुरा अस्पताल, नारायणी अस्पताल वीरगञ्ज र गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा दरबन्दी रहेका तर अयन्त्र काज गरिरहेका १४ जना चिकित्सकको काज फिर्ता गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
उणका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णय गर्दै पहिलो चरणमा नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाएकी हुन ।
डडेलधुरा अस्पतालमा चार जना, नारायणी अस्पताल वीरगञ्जमा पाँच जना र गजेन्द्रनारायण सिंह अस्पताल राजविराज सप्तरीमा पाँच जना विशेषज्ञ चिकित्सक फिर्ता भएका छन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा डा रोहिता बज्राचार्य, डा जोसनलाल बज्राचार्य, डा विशालकुमार देव, डा प्रकाश ढकाल र डा सुशील समदर्शी काज फिर्ता गरिएको छ ।
यस्तै, डडेल्धुरा अस्पतालमा डा सन्तोषकुमार गुप्ता, डा मिसन्ता शर्मा, डा नवीनचन्द्र भट्ट, डा सुयोग्य वाग्ले तथा नारायणी अस्पताल वीरगञ्जमा डा सोनीका धरी श्रेष्ठ, डा सञ्जोग तिमिल्सिना, डा अरुण ज्ञवाली, डा मुकेश पौडेल र डा दिपेश भट्टराईको काज फिर्ता गरिएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम