
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख कित्ता सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले सेयर खरीद गर्न इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी, संघ संस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो । उक्त सेयरको बिक्रीमूल्य प्रतिकित्ता न्यूनतम २४० रुपैयाँ तोकिएको छ । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा सम्पूर्ण कित्ता अर्थात ५ लाख कित्ताकै लागि पेश गर्नु पर्नेछ । बोलपत्र आज चैत १८ गतेदेखि चैत २५ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
बोलपत्र फाराम काठमाडौंको बालुवाटारस्थित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडमा प्राप्त गर्न र बुझाउन सकिनेछ। बिक्री अवधिभर परेका बोलपत्रहरू चैत २६ गते बिहान ११ बजे बिक्री प्रबन्धक रिलायबल क्यापिटलको कार्यालयमा खोलिने कम्पनीले जानकारी दिएको छ ।













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर