
काठमाडौं । याम्बालिङ हाइड्रोपावरले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल २ लाख १० हजार कित्ता सेयर जारी गरेको थियो । उक्त आईपीओमा कुल ८३ हजार ३९६ जना योग्य आवेदक सहभागी भएका थिए भने कुल १० लाख ९६ हजार २९० कित्ताका लागि आवेदन परेको थियो ।
मागभन्दा ५.२२ गुणा बढी आवेदन परेपछि कम्पनीले गोलाप्रथामार्फत बाँडफाँट गरेको हो। जसमध्ये २१ हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । यस आईपीओको निष्कासन तथा व्यवस्थापन मुक्तिनाथ क्यापिटलले गरेको हो।
बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट iporesult.cdsc.com.np बाट पनि रिजल्ट हेर्न सकिन्छ ।













समाचार
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान