
काठमाडौं । आइतबारको सेयर कारोबार जारी रहँदा नेप्से परिसूचक राताम्य भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेसँगै गिरावट आएको बजारमा १ बजेको कारोबार जारी रहँदा २.९५ प्रतिशतको गिरावट आएको हो ।
आजको कारोबार जारी हरँदा नेप्से परिसूचक ८२.२९ अंकले घटेर २७९९.८८ विन्दुमा पुगेको छ । पछिल्ला केही दिनयता विकसित घटनाक्रमले बजारको मनोविज्ञानलाई गम्भीर रूपमा प्रभावित पारेको देखिन्छ । गत साता पनि सेयर बजारमा साढे ५ प्रतिशत माथिको गिरावट आएको थियो ।
पछिल्लो सयम सरकारले सम्पत्ति शुद्धिकरणको अनुसन्धानलाई तिब्रता दिए पछि बजारमा त्यसको प्रभाव परेको लगानीकर्ताहरको भनाइ छ । यो अवधिमा सेयर बजारमा ६ अर्ब ५६ करोड माथिको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
बाढीबाट क्षति भएका सम्पत्तिको बीमा दाबी गर्न शिखर इन्स्योरेन्सको आग्रह
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह
एनआईसी एशिया र मुक्तिनाथ क्यापिटलका दुई नयाँ सामूहिक लगानी योजना धितोपत्र बोर्डबाट स्वीकृत
बाढीको प्राविधिक प्रतिवेदन सार्वजनिक, भूकम्पदेखि बाढी छिर्दासम्म के–के भयो ?
देशभर मनसुनी वायुको प्रभाव कायमै, ६ प्रदेशमा भारी वर्षाको सम्भावना