
बिर्तामोड । अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । रौतहटका नुर मोहमदद्वारा सञ्चालित उक्त उद्योगमा लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सातवटा दमकलको सहयोगमा निभाइएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार आगलागी भएको खबर प्राप्त हुनासाथ बिर्तामोड, मेचीनगर, दमक, कमल गाउँपालिका, भद्रपुर र शिवसताक्षी नगरपालिकाबाट दमकल परिचालन गरिएको थियो । सुरक्षा निकाय र स्थानीयवासीको सक्रिय सहभागितामा आगो फैलिन नदिई निभाइएको प्रहरीले जनाएको छ ।
इप्रका अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले आगो पूर्ण रूपमा निभाइएको र घटनाबारे अनुसन्धान भइरहेको बताए। आगलागीबाट उद्योगका मेसिन, कच्चा पदार्थ तथा तयारी सामग्री गरी ८० लाख रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । उद्योग सञ्चालक मोहमदका अनुसार उद्योगमा रहेका तीनवटा मेसिन, करिब ६० क्वीन्टल कालो कपास, २० क्वीन्टल सेतो कपास तथा कपासजन्य अन्य ज्वलनशील सामग्री जलेर नष्ट भएको छ ।












समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह