
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र निर्वाचन सम्बन्धमा विवाद अदालतमा पुगेको अवस्थामा १८ वटा संघ र महासंघ (महासंघका वस्तुगत सदस्य)हरुले ‘साधारणसभा र निर्वाचन प्रक्रियामा सहभागी हुन देउ’ भन्दै पत्रकार सम्मेलन आयोजना गरेका छन् । बिहीबार मात्रै उच्च अदालतबाट १८ वटा संघलाई सहभागि गराएर मात्रै साधारणसभा गर्न आदेश दिए पछि उनीरुले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा व्यक्त गरेका हुन् ।
५९ औँ साधारणसभामा सहभागि भइसकेको अवस्थामा ६० औँ साधारणसभामा सहभागि हुनबाट बञ्चित गरेको भन्दै अदालतको आदेश कार्यान्वयन हुनु पर्ने उनीहरुको भनाइ छ । २०८२ पुस १६ गते अदालतले १५ दिन भित्र सदस्यता सम्बन्धि पुनः निर्णय गर्न भन्दै आदेश दिएपनि कार्यान्वयन नगरेर आफूहरुलाई ६०औँ साधारणसभा र निर्वाचन प्रक्रियामा सहभागी हुनबाट रोक्न खोजिएको भन्दै १८ वटा संघ र महासंघहरुले कालो ब्यानरमा पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
उनीहरुले आफूहरुले महासंघको २०८१ साल फागुन २६ को बैठकको निर्णय बमोजिम सदस्यता प्राप्त गरि महासंघको ५९ औं वार्षिक साधारणसभामा समेत सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षर गरेको बताउँदै अहिले ६०औँ साधारणसभामा सहभागी नगराउने विषय कानुन र विधिसम्मत नभएको दाबी गरेका छन् ।
उनीहरुले सदस्य नभएको भए ५९ औँ किन सहभागिता गराएको भन्दै ५९ औँ साधारणसभाको बैधानिकता माथि समेत प्रश्न खडा गरेका छन् । अर्को तर्फ १८ वटै संघहरुले वार्षिक रुपमा नविकरण गर्ने र त्यस बापतको शुल्क पनि लिने तर, सदस्य होइन भन्ने गरिएको आरोप पनि लगाए ।













समाचार
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि
बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित
वर्षामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भुजुङ हाईड्रोपावरको ५० हजार कित्ता सेयरको लक–इन अवधि साउनमा समाप्त हुने
रिलायबल नेपाल लाइफको करिब पौने ४ लाख सेयरको लकइन अवधि साउनमा सकिदै
हिमालयन लाइफको व्यतित बीमालेखको बिलम्ब शुल्कमा ५० प्रतिशत छुट
सोपान मल्टिपल कम्पनीको जगेडा सेयर बिक्री समय थप
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने