
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सामान्य घटेर बन्द भएको छ । सोमबार सेयर बजार परिसुचक ४.१८ अंकले घटेर कारोबार भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २८३३.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको सेयर मूल्य बढेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटि इन्डेक्स पनि १.४९ अंकले घटेर ४७६.६५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको बढेको छ । परिसूचक घटेको दिन सेयर बजारमा साढे ८ अर्ब माथिको कारोबार भएको छ ।
आज ३४२ कम्पनीका २ करोड १ लाख ६३ हजार ७९३ कित्ता सेयर १ लाख १ हजार १८० पटक खरिद बिक्री हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको कारोबार भएको छ । परिसूचक घटे पनि आज ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान