काठमाडौं । बुधबार सेयर बजारमा राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन एकल अंकले घटेको सेयर बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ३२ दशमलव ३८ अंकले घटेर २६५५ दशमलव ९४ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा १.२० प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको छ । आज एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ८६ अंकले घटेर ४४६ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै सेयर मूल्य बढेको छ । परिसूचकसँगै आज कारोबार रकम पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्बभन्दा माथिको कारोबार भएको बजारमा आज साढे ७ अर्ब माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३०८ कम्पनीका १ करोड ८४ लाख ७७ हजार ७०३ कित्ता सेयर ६४ हजार १४० पटक खरिद बिक्री हुँदा ७ अर्ब ५७ करोड ५५ लाख १७ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
दुई कम्पनीमा सकारात्मक सर्किट
बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आजको कारोबार बन्द हुँदा नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
आज नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य ७८ रुपैयाँ ३० पैसाले बढेर ६६१ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ६४ रुपैयाँ ७० पैसाले बढेर ७१२ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा राधी विद्युत कम्पनी, विन्दाबासिनी हाइड्रोपावर र सिजिजन सुपर ३० म्युचुअल फण्ड रहेका छन् । आज राधी विद्युतको सेयर मूल्य २४ रुपैयाँ ०१ पैसाले बढेर ५७७ रुपैयाँ ९५ पैसा पुगेको छ ।
यो अघिल्लो दिनको भन्दा ४.३३ प्रतिशतले धेरै हो । आज विन्दाबासीनि हाइड्रोको सेयर मूल्य २.७० प्रतिशत अर्थात् १४ रुपैयाँ ६९ पैसाले बढेर ५५७ रुपैयाँ ९२ पैसा पुगेको छ । त्यस्तै आज सिटिजन सुपर म्युचुअल फण्डको सेयर मूल्इ पनि ०.२४ रुपैयाँले बढेर ९ रुपैयाँ ३४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २.६४ प्रतिशतले धेरै हो ।
धेरै मूल्य घट्ने शीर्ष पाँचमा ३ हाइड्रो र २ विकास बैंक
बुधबार सेयर बजार उच्च अंकले घटेर कारोबार हुँदा धेरै मूल्य घट्ने शीर्ष ५ कम्पनीमा तीन हाइड्रो पावर र दुई विकास बैंक छन् । आजको कारोबार बन्द हुँदा मकर जितुमाया सुरी हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सुपर मादी हाइड्रो पावर तथा कर्पोरेट डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका सेयर धनीले सबै भन्दा धेरै गुमाएका हुन् ।
आज कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य २२४ रुपैयाँ ०७ पैसाले घटेर २ हजार २४७ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.०६ प्रतिशतले धेरै हो। त्यस्तै आज जितुमाया सुरीको सेयर मूल्य ५.७४ प्रतिशत अर्थात् ४४ रुपैयाँ ९७ पैसाले घटेर ७३८ रुपैयाँ ८२ पैसा पुगेको छ ।
त्यस्तै आज सानिमा माइको सेयर मूल्य २५ रुपैयाँ ५१ पैसाले घटेर ५१० रुपैयाँ ९४ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७६ प्रतिशतले कम हो । त्यस्तै आज सिन्धु विकास बैंकको सेयर मूल्य पनि ४.४३ प्रतिशत अर्थात् ४८ रुपैयाँ ३४ पैसाले घटेर १ हजार ४१ रुपैयाँ ६३ पैसा पुगेको छ । आज सुपर मादीको सेयर मूल्य पनि ४.३६ प्रतिशत अर्थात् ४५ रुपैयाँ ९० पैसाले घटेर १ हजार ७ रुपैयाँ २१ पैसा पुगेको छ ।