
काठमाडौं ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपरेका कारण ठूलो मात्रामा घाटा व्यहोर्नु परेको जनाएको छ । निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ३१ मार्चको मूल्यसूचीका आधारमा भारतबाट आयात गर्दा पेट्रोल प्रतिलिटर रु. २२१.३२, डिजेल रु. २९४.९९, मट्टीतेल रु. २४३.७० मा खरिद भइरहेको छ ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु. २५७.९२, अन्तर्राष्ट्रियतर्फ रु. २६३.९ र एलपी ग्यास प्रतिसिलिन्डर रु. २,३४१.२५ मा खरिद भइरहेको निगमले जनाएको छ । हालको खुद्रा बिक्री मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु. २.३२, डिजेलमा रु. ८७.९९ र मट्टीतेलमा रु. ३६.७० घाटा भइरहेको निगमको भनाइ छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. ०.९२, अन्तर्राष्ट्रियतर्फ ६.५२ डलर र एलपी ग्यासमा प्रतिसिलिन्डर रु. ३३१.२५ घाटा देखिएको छ ।
नेपाल आयल निगमका अनुसार पछिल्लो १५ दिनको अवधिमा पेट्रोल बिक्रीबाट ७ करोड ६८ लाख रुपैयाँ घाटा भएको छ भने डिजेलमा ७ अर्ब २३ करोड ९३ लाख रुपैयाँ नोक्सानी देखिएको छ । त्यस्तै मट्टीतेलमा ३ करोड १७ लाख रुपैयाँ घाटा भएको विवरण छ ।
हवाई इन्धनतर्फ आन्तरिक उडानमा २४ लाख रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ ३ करोड ८४ लाख रुपैयाँ घाटा भएको निगमले जनाएको छ । एलपी ग्यासतर्फ मात्र ५० करोड ४३ लाख रुपैयाँ नोक्सानी भएको उल्लेख गरिएको छ । समग्रमा पछिल्लो १५ दिनमा कुल ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ बराबरको घाटा व्यहोर्नुपरेको निगमको तथ्यांकले देखाएको छ ।














समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह