प्रि ओपन सेसनमा सामान्य अंक बढ्यो नेप्से

काठमाडौं । २०८३ सालको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत सोमबार ४.१८ अंक घटेर २८३३.६० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९० अंक बढेर २८३४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३९ अंक घटेको छ।

बुधबार प्रि ओपन सेसनमा ५८ स्टकको १२० पटकको कारोबारमा ३७ लाख ३५ हजार १२३ रुपैयाँबराबरको ७ हजार १०८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २९ स्टकको मूल्य बढेको छ भने २४ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार