
काठमाडौं । देशमा रोजगारी अवसर नहुँदा वैदेशिक रोजगारीमा जाने युवाको लर्को थामिएको छैन। वैदेशिक रोजगार विभागले चैत महिनामा दोहोर्याएर फेरि काममा जाने २ लाख ९३ लाख २५७ जनालाई श्रम स्वीकृति दिएको छ। विभागको प्रशासन तथा योजना शाखाका अनुसार यो संख्या भनेको नयाँ श्रम स्वीकृति लिनेहरुको भन्दा धेरै हो।
श्रम विभागले चैत महिनाभरिमा वैदेशिक रोजगारीमा जानको लागि नयाँ १ लाख ९६ हजार ७७८ जना नेपालीलाई श्रम स्वीकृति दिएको छ।
व्यक्तिगत, मेनपावर, पुनःप्रवेश, जीटूजी तथा कानुनीकरण शीर्षकमा गरी चैतमा ५ लाख ८७ हजार ३२२ जनाले श्रम स्वीकृति लिएको विभागको प्रतिवेदनमा छ।
चैत महिनामा ठगिएको भन्दै विभागमा २१३ वटा उजुरी परेका थिए। तीमध्ये ११९ वटामा निर्णय भइसकेको विभागले जनाएको छ। २ वटा अभिमुखीकरण तालिम कम्पनीको लाइसेन्स रद्द गरिएको छ। लाइसेन्स नलिएका २ वटाको कारोबार बन्द गराएको छ।













समाचार
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान