
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १४ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।
बैंकले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०६ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक सेयर खरीद–बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य सेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार यसअघि सूचना प्रकाशित गरिएको थियो ।
तर तोकिएको अवधि (३५ दिन) भित्र कुनै पनि संस्थापक सेयरधनीबाट उक्त सेयर खरीदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी पुनः सेयर बिक्रीमा राखिएको हो । इच्छुक योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति (वैशाख ७ गते)ले ३५ दिनभित्र काठमाडौंको नारायणहिटीपथ स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम