
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो १८ वार्षिक साधारणसभा जेठ ६ गतेका लागि बोलाएको हो ।
कम्पनीको सञ्चालक समितिको वैशाख १० गते बसेको बैठकलेसभाको मिति घोषणा गरेको हो । उक्त सभा जेठ ६ गते बुधबार बिहान ११ बजे काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुने छ । सभामा सेयरधनीका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ । प्रस्तावअनुसार कम्पनीले १० करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि मात्र ५६ लाख ५७ हजार ८९५ रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि समावेश छन् । साथै अघिल्लो साधारण सभाबाट पारित १७ प्रतिशत हकप्रद सेयरसम्बन्धी व्यवस्थापन तथा त्यसपछि कायम हुने चुक्ता पूँजी पुनरावलोकन गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ ।
साधारण सभामा सहभागिताका लागि कम्पनीले वैशाख २३ गते १ दिनका लागि सेयर दर्ता किताब बन्द (बूक क्लोज) गर्ने जनाएको छ । सो मितिभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई सिडिएस एण्ड क्लियरिङ लिमिटेड मार्फत राफसाफ सम्पन्न भई कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडमा नाम दर्ता भएका सेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन् ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू