
काठमाडौं । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स लाई १०३ रनको फराकिलो अन्तरले पराजित गर्दै चेन्नई फराकीलो जित निकालेको हो ।
मुम्बईको वानखेडे मैदानमा बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २०८ रनको लक्ष्य पछ्याएको मुम्बई १९ ओभरमा १०४ रनमै समेटियो । पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन बनाएको थियो । चेन्नईको जितमा सञ्जु सामसनले अविजित शतक प्रहार गरे । उनले १०१ रनको उत्कृष्ट पारी खेले । टोलीका लागि दोस्रो उच्च स्कोर रितुराज गायकवाडले २२ रन जोडे । मुम्बईका अल्लाह मोहम्मद गजनफर र आश्विन कुमारले समान २ विकेट लिए ।
२०८ रनको लक्ष्य पछ्याएको मुम्बई सुरुदेखि नै दबाबमा रह्यो । टोलीका लागि तिलक वर्माले ३७ रन र सूर्यकुमार यादवले ३५ रन बनाए पनि अन्य ब्याटरले खासै योगदान दिन सकेनन् । मुम्बईका ११ मध्ये ८ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ चेन्नईका अकिल होसिनले शानदार प्रदर्शन गर्दै ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै नूर अहमद ले २ विकेट लिए । यो खेलसँगै मुम्बईले आइपिएल इतिहासकै रनका हिसाबले सबैभन्दा ठूलो हार बेहोरेको छ । यो नतिजापछि चेन्नई पाँचौं स्थानमा उक्लिएको छ भने मुम्बई आठौं स्थानमा यथावत छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन