
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ । अघिल्ला चार दिन घटेको बजार आज भने १.५४ अंकले बढेर कारोबार भएको हो ।
आजको कारोबार पछि सेयर बजार परिसूचक २७८८.७० विन्दुमा पुगेको हो । आज सेयर बजारमा १६८ कम्पनीको सेयर मूल्य घटेको छ भने ८७ कम्पनीको सेयर मूल्य बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.२० अंकले घटेर ४८६.०७ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य घटेको छ भने ६ वटाको सेयर मूल्य बढेको छ ।
परिसूचक सामान्य बढेको दिन सेयर बजारमा ५ अर्ब माथिको कारोबार भएको छ । आज ३५१ कम्पनीका १ करोड २१ लाख ७४ हजार ५१६ कित्ता सेयर ७५ हजार २२९ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह