
काठमाडौं । सरकारले ४८ वटा नयाँ प्रावधानसहितको निजामती संघीय निजामती विधेयकको मस्यौदा तयार पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले तयार पारेको विधेयकको मस्यौदा शुक्रबार सार्वजनिक गरिएको हो। जसमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष राख्न प्रस्ताव गरिएको छ । अहिले कर्मचारीको उमेरहद ५८ वर्ष छ ।
यस्तै, स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत पठाउन नयाँ अभ्यास थाल्ने प्रस्ताव छ । ‘प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेशगत रुपमा एकमुस्ट मुख्यमन्त्री कार्यालयमा पठाइने र स्थानीय तहमा पदस्थापन गरिने,’ प्रस्तावको ४६ नम्बर बुँदामा भनिएको छ । ७ प्रदेश र ७५३ वटा स्थानीय तह छन् । यसैगरी विधेयकमा निजामती कर्मचारीलाई दलसँग आवद्ध हुन निषेध गरिएको छ। यदि आवद्ध भइएको पाइएमा बर्खास्त गरिने उल्लेख छ ।
‘राजनीतिक दल, दलको भातृ संगठन, जनवर्गीय संगठन वा राजनीतिक दलसँग आवद्ध दलको सदस्यता लिएमा, राजनीतिक क्रियाकलापमा संलग्न भएमा वा राजनीतिक पदका लागि हुने उम्मेदवार बनेमा भविश्यमा भविश्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिनेगरी बर्खास्त गरिने,’ ४८ नम्बर बुँदामा छ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज