
काठमाडौं । नेपाल बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद नाफा ०.३४ प्रतिशत बढेर २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ७८ करोड ३४ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा घटाएको छ । गत वर्षको चैतमा ५.४५ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ४.९६ प्रतिशतमा झारेको छ ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी २.९९ प्रतिशत बढेर ७ अर्ब ३१ करोड ३२ लाख ५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १० करोड ७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ९.२१ प्रतिशत घटेर ६८ करोड ४३ लाख ६२ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.४५ प्रतिशत बढेर ८ अर्ब ७७ करोड ९० लाख ३२ हजार रुपैयाँ र सञ्चालन नाफा १.२५ प्रतिशत बढेर ४ अर्ब ८५ करोड २८ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ७५ करोड ३८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५६ करोड ८६ लाख १४ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ३१ करोड २७ लाख ८३ हजार रुपैयाँ थियो । चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता २.९२ प्रतिशत रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड ६२ लाख १८ हजार रुपैयाँ थियो ।
१४ अर्ब ६९ करोड ४० लाख २२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड ८८ लाख २७ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब ८४ अर्ब ३७ करोड ९२ लाख ४ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३९ अर्ब ४४ करोड ४६ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ३ खर्ब ३२ अर्ब ९ करोड २३ लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २० अर्ब ४९ करोड ९७ लाख ७७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेर २५.३४ रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १०.९७ गुणा छ ।













समाचार
भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा अर्बौंको क्षति, शोकलाई शक्तिमा बदल्दै पर्यटन क्षेत्रलाई जगाउन रणनीतिक योजनाको खाँचो
सुदूरपश्चिम रोयल्स र प्राइम टायल्सको सहकार्य
चाडपर्वमा अत्यावश्यक सामान ढुवानी सहज बनाउन ट्रक व्यवसायी महासंघको सुझाव
रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने
जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
त्रिशूली–मुग्लिन करिडोरका १२ झोलुङ्गे पुल मर्मत तीव्र, असोज २० भित्र सञ्चालनमा ल्याइने
ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज
‘राइट टु प्रोटिन रन’ मा १० राष्ट्रका धावक सहभागी हुने
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु