
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी विवादका निवेदन तथा उजुरीहरूको फछ्र्यौट कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ । प्राधिकरणमा नेतृत्व नियुक्तिमा ढिलाइ भइरहेको भएपनि पछिल्लो समय रोकिएका तथा पेन्डिङमा रहेका मुद्दाहरूलाई शीघ्र समाधान गर्ने गरी सक्रियता बढाइरहेको हो ।
बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा कुल १२० वटा मुद्दा दर्ता भएका छन् । समीक्षा अवधिमा केन्द्रिय कार्यालयमा ८६ वटा र प्रदेश कार्यालयमा ३४ वटा मुद्दा परेका हुन् । जसमा गत आर्थिक वर्षका बाँकी रहेका ३९४ सहित कुल ५१४ वटा मुद्दा रहेका छन् । गत आर्थिक वर्षको सोहि अवधिमा केन्द्रिय कार्यालयमा १४४ वटा र प्रदेश कार्यालयमा ९१ वटा गरि २३५ वटा मुद्धा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्ष २८७ र पुनरावेदनबाट आएका ३ मुद्धा गरी गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ५२५ वटा मुद्धा दर्ता भएका थिए ।
उजुरी फछर्यौट कति ?
नेपाल बीमा प्राधिकरणले चैत मसान्तसम्मको अवधिमा ८५ वटा मुद्दामा फैसला सुनाएको छ भने ३३ वटा मुद्दामा सहमतिबाट गरी कुल ११८ वटा उजुरी फछर्यौट भएका छन् । प्राधिकरणले गत आवको सोही अवधिमा ८५ वटा उजुरी फैसला र ४६ वटा मुद्दामा सहमति गरी १३१ वटा मुद्धा फछर्यौट गराएको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मको तथ्यांक अनुसार कुल ३९६ वटा उजुरीहरु फछर्यौट हुन बाँकी रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा ३९४ वटा मुद्दाहरु फछ्र्यौट हुन बाँकी रहेको थियो ।












समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै