
टोरन्टो । क्रिकेट क्यानाडाले अनुभवी भारतीय कोच मोन्टी देसाईलाई पुरुष राष्ट्रिय टोलीको अन्तरिम हेड कोच नियुक्त गरेको छ । उनी नेपाली राष्ट्रिय टीमका पूर्वप्रशिक्षक हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका महत्वपूर्ण खेलहरूको लागि उनलाई नियुक्त गरिएको हो । देसाईले इनग्लेटन लिबर्डको स्थान लिँदै टिमको जिम्मेवारी सम्हाल्नेछन् । लिबर्डले हालै भारत र श्रीलंकामा सम्पन्न टी–२० विश्वकपमा क्यानाडा टिमको प्रशिक्षण गरेका थिए ।
मुम्बईका मोन्टी देसाई क्यानाडा क्रिकेटसँग अपरिचित भने होइनन् । सन् २०१९ मा पनि उनले क्यानाडा टिमको हेड कोचको रूपमा काम गरिसकेका छन् । त्यसपछि उनले वेस्ट इन्डिज टेस्ट टिममा ब्याटिङ कोचको भूमिका निर्वाह गरेका थिए ।
उनले नेपाल राष्ट्रिय क्रिकेट टिमको हेड कोचको रूपमा पनि सफलतापूर्वक काम गरेका थिए र आईपीएल टीम राजस्थान रोयल्स तथा गुजरात लायन्ससँग पनि जोडिएका छन् । नेपाल प्रिमियर लिगमा उनी काठमाण्डु गुर्खाजको प्रमुख प्रशिक्षक बनेका थिए ।













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो