
काठमाडौं । इंग्ल्यान्डले विश्वकप फुटबल २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा शानदार जित निकालेको छ । बिहीबार बिहान सकिएको खेलमा उसले क्रोएसियालाई ४–२ ले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केनको २ गोल अनी जुड बलिङहम र मार्कुस रासफोर्डको एक–एक गोल गरे । जितपछि इंग्ल्यान्डले समूह एलमा ३ अंक जोडेको छ । डालास स्टेडियममा भएको खेलको पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा दुई गोल गर्दे इंग्ल्यान्डले जित हात पारेको हो । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पहिलो हाफमा दुई पटक गोल गर्दे अग्रता दिलाएका थिए । पहिलो हाफमै क्रोएसियाले पुनरागमन गर्दै दुई पटक बराबरी गोल फर्काएको थियो ।
कप्तान ह्यारी केनले १२ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुनः पेनाल्टी प्रहार गरिएको थियो र केनले सहजै गोल गरे ।
क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो । क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले–अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । केनले ४२ औं मिनेटमा डेक्लान राइसको कर्नरमा गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाएका थिए । पिटर मुसाले पहिलो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका हुन् ।
खेलमा जुड बेलिङहमले ४७औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाएका हुन् । उनले एलिएट एन्डरसनको पासमा गोल गरेका हुन् ।
मार्सक रासफोर्डले ८५औं मिनेटमा इंग्ल्यान्डका लागि चौथो गोल गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रासफोर्डले बुकायो साकाको पासमा गोल गरेका हुन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा