
काठमाडौं। क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले मंगलबार पोर्चुगलको यु–१५ टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। जापानविरुद्धको खेलमा उनले राष्ट्रिय टोलिबाट डेब्यु गरेका हुन् ।
उक्त खेलमा पोर्चुगलले ४–१ को सहज जित हासिल गरेको थियो । ब्रागाका राफाएल काब्रालले ह्याट्रिक गर्दै पोर्चुगललाई ३–० ले अगाडि बढाएका थिए । त्यसपछि ५४औं मिनेटमा रोनाल्डो जुनियर मैदानमा प्रवेश गरे। ‘पोर्चुगलबाट तिम्रो डेब्युको लागि बधाई छ छोरा। म तिमीप्रति धेरै गर्वित छु,’ रोनाल्डोले सामाजिक सञ्जालमा लेखे।
१४ वर्षीय रोनाल्डो जुनियर साउदी अरबको अल–नासर क्लबको एकेडेमीमा स्ट्राइकरको रूपमा खेल्छन्। यो खेल क्रोएशियामा आयोजना भइरहेको भ्लात्को मार्कोभिच अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत पोर्चुगलको यु–१५ टोलीले खेल्न लागेको चार खेलमध्ये पहिलो थियो।













समाचार
सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो
ट्रम्पको नयाँ कार्यकारी आदेश: जन्मसिद्ध अमेरिकी नागरिकतामा फेरि अङ्कुश लगाउने प्रयास
मत्स्य केन्द्रद्वारा चार करोड ३८ लाख भुरा उत्पादन
बाल सुरक्षामा मेटालाई ५६७ मिलियन डलर जरिवाना
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
उपकार लघुवित्तको नाफा २५२ प्रतिशतले बढ्यो, इपीएस कति ?
भिनिसियसले रियलसँग ६ वर्षको नयाँ सम्झौता गरे
माण्डु हाइड्रोपावरको १ करोड २२ लाख कित्ता सेयरको लकइन अवधि भदौमा सकिंदै
पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने, बोलायो साधारणसभा
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?