
काठमाडौं । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजबाट ललितपुरमा सुरु हुँदै छ । विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको यो साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सुम्पिनेछ ।
आज (वैशाख २१ गते) ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा साधारण सभाको भव्य उद्घाटन गरिने कार्यक्रम छ । उद्घाटन सत्रमा देशभरका उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहनेछ । साधारण सभाको दोस्रो दिन अर्थात् भोलि २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा मतदान प्रक्रिया सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ । महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यस अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको आगामी अध्यक्ष बन्ने निश्चित भएको छ ।
७३ पदका लागि १३७ उम्मेदवार
यस पटकको निर्वाचनमा कार्यसमितिका विभिन्न पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ । महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि कुल १३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । देशभरका २ हजार १५३ जना मतदाताले यस निर्वाचनमा भाग लिनेछन् । सबैभन्दा बढी मतदाता एसोसिएट समूहबाट रहेका छन्। जसले निर्वाचनको नतिजामा निर्णायक भूमिका खेल्ने देखिन्छ । वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र विभिन्न समूहका सदस्य पदका लागि व्यवसायीहरूले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम