
काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मस सोमबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । वानखेडे मैदानमा २ सय २९ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
लखनऊले पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। जवाफमा मुम्बईले आक्रामक सुरुआत गर्दै सहज जित निकाल्यो । मुम्बईका लागि रोहित शर्मा र रायन रिकेल्टनले पहिलो विकेटका लागि १ सय ४३ रनको उत्कृष्ट साझेदारी गरेका थिए। रोहितले ४४ बलमा ८४ रन बनाए ।
रिकेल्टनले ३२ बलमा ८३ रनको आक्रामक इनिङ्स खेले। रोहित आउट हुँदा मुम्बईलाई जितका लागि ३६ बलमा ५२ रन मात्र आवश्यक थियो । यो जितसँगै मुम्बईले लगातार तीन हारको श्रृंखला तोडेको छ भने लखनऊ भने लगातार छैटौँ हार बेहोर्दै अंकतालिकाको पुछारमा पुगेको छ । यसअघि लखनऊका लागि निकोलस पुरनले २१ बलमा ६३ रनको विस्फोटक इनिङ्स खेलेका थिए। उनले मात्र १६ बलमा अर्धशतक पूरा गरेका थिए। मिचेल मार्शले ४४ रन बनाए भने एडन मार्करामले ३१ रन जोडे। अन्तिमतिर हिम्मत सिंह ३१ बलमा ४० रनमा अविजित रहे । तर लखनाऊले अन्तिम ५ ओभरमा अपेक्षाअनुसार रन बनाउन नसक्दा टोली ठूलो स्कोर बनाए पनि जित जोगाउन सकेन।
मुम्बईका बलर कोर्बिन बोस्चले २ विकेट लिए। उनले पुरनलाई आउट गर्दै लखनऊको आक्रामक लय तोडेका थिए । यो खेलमा मुम्बईले वानखेडे मैदानमा आइोिएल इतिहासकै सबैभन्दा ठूलो सफल लक्ष्य पछ्याउँदै जित निकालेको हो। यसअघि मुम्बईले कोलकाता नाइट राइडर्सविरुद्ध २ सय २० रनको लक्ष्य पछ्याएर जित निकालेको थियो।













समाचार
नौ वर्षपछि ओखलढुंगा-रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै
धनुषामा ६ जना फरार प्रतिवादी पक्राउ
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले
रघुगङ्गाको बेगमा वडा कार्यालय भवन निर्माण
एनआइसी एशिया क्यापिटलको ५०% लाभांश घोषणा
धनकुटाको भेडेटार स्काइवाक नयाँ पर्यटकीय गन्तव्य
सूर्यज्योति लाइफको नाफा सुधार, जीवन बीमाकोष आधा खर्ब माथि
कुमारी बैंकको नाफा २९३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
करिब १३ प्रतिशतले बढ्यो नेपाल एसबीआई बैंकको नाफा, इपीएस कति ?
विविध कार्यक्रमका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै