
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। भट्टले राजीनामा दिएको कुरा मिडियामार्फत् आफूले थाहा पाएको तर आधिकारिक रुपमा जानकारी नआएको सहसचिव अमृत लम्सालले बताएका छन् ।
सरकारले गत वैशाख पहिलो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिले वैशाख १३ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेपछि ४७ जनाले आवेदन दिएका छन्।
आवेदन दिनेहरूमध्ये भट्टका नातेदार पर्ने अर्थात् ठुलोबुबाका छोरा डा. गोपाल भट्ट पनि रहेका छन्। आफन्तले आवेदन दिएपछि ‘स्वार्थको द्वन्द्व’ हुने भन्दै संयोजक भट्टले राजीनामा बुझाएको अर्थ मन्त्रालय एक अधिकारीले जानकारी दिए । ती अधिकारीका अनुसार मन्त्रिपरिषद्ले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढ्नेछ।
सिफारिस समितिमा अर्थ सचिव धनश्याम उपाध्याय र पूर्व बैंकर भुवनकुमार दाहाल सदस्य रहेका छन्।












समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना