
काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूच दोहोरो अंकले बढेको छ । सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने दिने सेयर बजार परिसूचक ३८.१९ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७८३.८५ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार भन्दा १.३९ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २४७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.०८ अंकले बढेर ४७३.४१ विन्दुमा पुगेको छ । आज सेयर बजारका सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक बढेको दिन बजारमा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३२ कम्पनीका १ करोड ४ लाख ३९ हजार ४३२ कित्ता सेयर ६८ हजार ४४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ६१ करोड ३५ लाख ६३ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।












समाचार
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
सातादिनमा १.९८ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?
साता दिनमै सुनको मूल्यमा ३३ सयको गिराव, तोलाको कति ?
विश्वकप फुटबल : बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना