
म्याग्दी । म्याग्दीकाे धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । धवलागिरि-४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो ।
मुनाका बासिन्दा नमिता पुनले २२ वैशाखदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरे । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताए ।
२२ वैशाखमा परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरुद्ध भएको हो । टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङले क्षति पुर्याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
अध्यक्ष पुनले समस्या भएकै दिनदेखि समाधानका लागि नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिरहेको बताए । प्राविधिक टोलीले समस्या पहिचान गर्न ढिलाइ गरेको भन्दै उनले थप पहलका लागि सरोकार भएका निकायलाई ताकेता गरिरहेको बताए ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय